संसद विघटन मुद्दाको बहस सकियो

81

काठमाडौं/ प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सकिएको छ।

वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन्। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६(७) मा चक्र पूरा गर्न दिनुपर्ने राय दिएको सर्वोच्च स्रोतले जनाएको छ ।

संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। एमिकस क्युरीको राय सुझाव बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारसम्म बहस नोट बुझाउने समय तोकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here