आज विश्व धुम्रपान, दाम्पत्य जीवनमा प्रतिकूल असर

125

काठमाडौं– हरेक वर्ष मार्च महिनाको दोस्रो बुधवारलाई विश्व भरी नै नो स्मोकिङ डे मनाइन्छ । यसलाई मनाउनुको एक मात्र उद्देश्य मानिसहरुलाई धुम्रपान छाड्नका लागि जागरुक गर्नु हो ।

नर्भस सिस्टममा हुने असर

चुरोटमा पाइने निकोटिनले तपाईंको नर्भस सिस्टममा अति नै नराम्रो असर पार्छ । यसले तपाईंको दिमागमा पुगेर केही समयका लागि तपाईंलाई अति नै सक्रिय महसुस गराउँछ, तर जसै यसको असर सकिन्छ, तपाईंलाई थकान महसुस हुन्छ र पुनस् धुम्रपान गर्न मन लाग्छ । निकोटिनको लत बसेपछि धुम्रपान गर्ने बानीबाट छुटकारा पाउन धेरै गाह्रो हुन्छ ।

श्वास प्रणालीमा असर

जब तपाईं धुम्रपान गर्नु हुन्छ, तब तपाईंले त्यस्ता पदार्थहरुलाई शरीर भित्र प्रवेश गराउनु हुन्छ जसले तपाईंको फोक्सोलाई नोक्सान पुऱ्याउँछ । दिनहुँ धुम्रपान गर्नाले समयसंगै नोक्सान पनि बढ्दै जान्छ । जसकारण अन्य विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । धुम्रपान गर्नेहरुमा इम्फेसिमा, क्रोनिक ब्रोकाइटिस, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजीज र फोक्सोको क्यान्सर हुने खतरा बढ्छ ।

कार्डियोभस्कुलर (हृदय) प्रणालीमा असर

धुम्रपानले तपाईंको समस्त कार्डियोभस्कुलर प्रणाली अर्थात हृदय प्रणालीलाई बिगारिदिन्छ । निकोटीनका कारणले नसा कडा हुन्छ, जसका कारण रक्त सञ्चारमा समस्या आउँछ । बिस्तारै–बिस्तारै यहप् कारणले धमनीको रोग लाग्छ । धुम्रपानका कारण ब्लड प्रेशर बढ्छ । रगतका नसाहरु कमजोर हुन्छ र रगत जम्न थाल्छ । यी सबै कुराहरुले स्ट्रोकको खतरा बढाउँछ ।

कपाल, छाला र नङमा असर

फोक्सोपछि धुम्रपान गर्नाको सबैभन्दा बढी असर इन्टिग्यूमेन्ट्री प्रणालीमा हुन्छ । जसका कराणले तपाईंको छालामा स्पष्ट रुपमा परिवर्तन भएको देखिन्छ । भखर्रै भएको एउटा अध्ययन अनुसार धुम्रपान गर्नाले छालाको क्यान्सर हुने खतरा बढ्छ । धुम्रपानले नङमा फंगल इन्फेक्शन हुन थाल्छ र कपाल तिव्र रुपमा झर्न थाल्नुको साथै सेतो पनि हुन्छ ।

पाचन प्रणालीमा असर

धुम्रपानले मुख, घाँटि र स्वास नलीको क्यान्सर हुने सम्भावना बढ्छ । धुम्रपान गर्ने धेरै मानिसहरु पेनक्रिएटिक क्यान्सरको शिकार बन्छन् । धुम्रपानले इन्सुलिनमा पनि प्रभा पर्छ, जसका कारणले टाइप २ डायबिटिज र यससंग सम्बन्धित जोखिम बढ्ने सम्भावना हुन्छ ।

यौन र जेनिटल अर्गनमा असर

निकोटीनको असर पुरुष र महिलाको जेनिटल अर्ग्यानमा पनि पर्छ । यहप् कारणले पुरुषमा यौन गतिविधि कम हुन्छ भने महिलामा यौन इच्छा कम हुन थाल्छ । निकोटीनले सेक्स हार्मोनको स्तर कम गर्छ ।

धुम्रपान गर्ने बानीबाट यसरी छुट्कारा धुम्रपान छोड्नु गाह्रो काम हो तर डाक्टरको सल्लाह लिएर तपाईं एउटा योजना बनाएर यो काम गर्न सक्नु हुन्छ । त्यस्ता धेरै नन पैस्क्रिप्शन पैस्क्रिप्शन औषधिहरु छन्, जसले धुम्रपान छोड्न सहयोग गर्छ । धुम्रपान छोड्नका लागि तपाईं कुनै सेन्टरको पनि सहयोग लिन सक्नु हुन्छ । धुम्रपान छोड्नले विस्तारै विस्तारै तपाईको सम्पूर्ण शारीरिक प्रणाली सुधार हुन थाल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here