मनिषाको ‘महामृत्युंजय मंत्र’ सार्वजनिक

236

काठमाडाैं– नायिका तथा लेखक मनिषा कोइरालाले ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छिन्। परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा मनिषालाई सुरेन्द्र श्रेष्ठ (सुर–सुधा) र सरस्वती खत्रीले साथ दिएका छन्।

संस्कृत शब्द रहेकाे महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन्। राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र बिकास सिंहको गितार महामृत्युंजयमा सुन्न सक्छौं।

मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जनाइन् । टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन्। उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन्। दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो।

नेपाललाइभमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here