भक्तपुरमा अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिता शुरु

232

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजनामा शनिबारबाट अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिता शुरु भयो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाडाैं , ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् ।

जसमा ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टीमले सुपको गोदावरी नपालाई ४—० ले पराजित गरे । काठमाण्डौंले तारकेश्वर नपालाई साढे तीनका विरुद्ध आधा अंकले हराए । काठमाण्डौका लागि केशव श्रेष्ठ, नबिन तण्डुकार र राजेन्द्र बज्राचार्यले जीतेका थिए भने रिजेन्द्र राजभण्डारीलाई १२ बर्षिय पुरुषोत्तम सिलवालले बराबरीमा रोके । यस्तै गोकर्णेश्वर नपाले पोखरा मनपालाई ३—१ ले हराउन सफल भए ।

गोकर्णेश्वरका पुन्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ, भगवती शर्माले जिते भने राजभक्त कछेपति पोखराका रामबहादुर क्षेत्रीसित हारे ।

स्वीस लिग ७ राउण्डको खेल हुने प्रतियोगितामा भिमेश्वर नपाले भक्तपुरको सुर्यविनायक नपालाई ३—१ ले हराएका थिए । त्यसैगरी दमक नपाले बनेपा नपालाई ४—० ले हराएका थिए । ४ दिने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी छन् ।

यसअघि आयोजक भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको सभापतित्वमा एक कार्यक्रमबीच प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेज्युले पानसमा बत्ती बालेर प्रतियोगिता उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here