सार्वजनिक लेखा सिमितिले साेधेकाे प्रश्नकाे जवाफ सेनाले यस्ताे दियाे जवाफ

50

काठमाडौं । काठमाडौं–तराई दु्रतमार्गको सुरुङ र हाइ ब्रिज निर्माणका लागि अगाडि बढाएको ठेक्का प्रक्रियाका सम्बन्धमा सार्वजनिक लेखा समितिले सोधेका प्रश्नको जवाफ नेपाली सेनाले दिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले रक्षा मन्त्रालयमार्फत प्राप्त प्रश्नको जवाफ र सम्बन्धित विवरण आइतबार समितिमा पठाइएको जानकारी दिए । समितिले फागुन २६ गते पत्र पठाएको थियो । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई÷मधेस दु्रतमार्गको सुरुङमार्ग तथा ‘हाइ ब्रिज’ (मोटरेबल पुल) निर्माणका लागि सुरु भएको ठेक्का प्रक्रियाबारे छानबिन सुरु गरेको छ ।

समितिका सचिव डा रोजनाथ पाण्डेले दु्रतमार्गको सुरुङमार्ग तथा ‘हाइ ब्रिज’ निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा समितिले छानबिन सुरु गरेको जानकारी दिए ।

सचिव पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको द्रुतमार्गको ठेक्का प्रक्रिया सार्वजनिक खरिदको मूल्य मान्यताको आधारमा होस् र सक्षम निर्माण कम्पनी छनोट होस् भन्ने सकारात्मक सोचका साथ समितिले छानबिन अगाडि बढाएको स्पष्ट पारे ।

द्रुतमार्गको सुरुङमार्ग तथा ‘हाइ ब्रिज’ निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’का क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए । तीमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here