काठमाडौं / एनआईसी एशिया बैंकका ग्राहकलाई बैंकले सोल्टी होटलमा निःशुल्क डिनरको व्यवस्था गरेको छ । बैंकको मोबाईल एपबाट कारोबार गर्ने २० जना ग्राहकले प्रेमजोडीका साथमा सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।
बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी क्राउन प्लाजामा उक्त व्यवस्था हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार एप मार्फत कुनै पनि भुक्तानी सेवामा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।
‘भ्यालेन्टाइन डे’को अवसरमा बैंकले ल्याएको यो योजना ११ देखि १३ फेब्रुअरीसम्म अर्थात माघ २८, २९ र ३० गते लागू हुनेछ ।


















