काठमाडौं। आर्थिक वर्ष ०६७र६८ को बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने अर्थमन्त्रालयले जानकारी दिएको छ । यो चालू आवको तुलनामा रु ४० अर्ब बढी हो । सरकारले जेठको तेस्रो साता ल्याउने भनेको आगामी आवको बजेट उक्त समयमा नआउने भएको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेट निर्माणमा मन्त्रालय सक्रिय रहे पनि सरकार परिवर्तन भएपछि कार्यक्रमसमेत परिवर्तन हुने भएकाले जेठमा बजेट आउने सम्भावना छैन ।


















