काठमाडौं – चन्द्रगिरी नगरपालिका-१५ तिनथानास्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, मिर्चैया नगरपालिका-१ स्थित पुर्व-पश्चिम राजमार्गबाट नजिक आँपको बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको खाल्टोमा पुरिएको अवस्थामा आइतबार शव फेला परेको छ ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ किमलडाँडास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ काफलगैरी भीरबाट करिब १ सय ५० मिटर तल सोही नगरपालिका-१५ बस्ने ३० वर्षीय रमेश खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दुई दिन अगाडि घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
कैलाली, कैलारी गाउँपालिका-९ गदरीया बस्ने ५० वर्षीया पार्वती चौधरी राना सोही ठाउँस्थित खानेपानी ट्याङकी नजिकै आँपको बगैंचामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको ।


















