नेपाल नागरिक अभियानद्वारा संगठन विस्तार

237

काठमाडौं । नेपाल नागरिक अभियानले सोमबार संगठन विस्तार गरेको छ । राजसंस्था सहितको प्रजातन्त्रको मूल लक्ष्य लिएको नेपाल नागरिक अभियानले केन्द्रीय कार्यालयमा  एक कार्यक्रम गरी संगठन विस्तार गरेको थियाे ।

जसअनुसार पूर्व नयाँ शक्ति तथा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य अर्जुन केसीलाई भारत प्रवास संयोजक, गजेन्द्र विष्टलाई राजनीतिक दल समन्व संयोजक, पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण बहादुर बिष्ट तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व अतिरिक्त प्रमुख निर्देशक देवराज भट्टलाई राष्ट्रिय राजनीति विश्लेषण अन्वेषण अनुसन्धान तथा अनुगमन विभागको संयोजक तोकिएको छ । यसका साथै अभियानले राष्ट्रिय धर्माचार्य समितिमा त्रान्त्रिक गुरु दोर्णाचार्य (कुमार गुरु), सल्लाहकारमा सहायक प्रा.डा. शिवराम पाण्डे लगायत दर्जनौं केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेकाे छ ।

जिम्मेवारी प्रदान गरिएका सबैलाई राष्ट्रिय संयोजक डा.ठाकुर मोहन श्रेष्ठले अभियानमा स्वागत  गरेका थिए ।

नेपाल नागरिक अभियान नेपाली राष्ट्रियताको जगमा रहेर सनातन हिन्दुराष्ट्र कायम गराई राष्ट्रियताको जगेर्ना गर्न राजसंस्थासहितको प्रजातन्त्रका पद्धतिका लागि हरसम्भव प्रयत्न गर्ने नेपाली नागरिकहरुको सहभागिताको अभियान रहेको राष्ट्रिय संयोजक डा. श्रेष्ठले बताए । साे अभियान संस्कृति, प्रकृति तथा प्रविधिको संरक्षण र सम्वर्द्धनमा सजग रही राष्ट्र र विश्वमानव समाजको हित हुनुपर्ने पक्षा उभिएको उनले बताए । यस अभियानले राष्ट्रियतालाई राजनीति र कुटनीति भन्दा माथि राख्ने उनको धारणा छ ।

राष्ट्रिय संयोजक डा. श्रेष्ठले नेपाल नागरिक अभियान नेपाली बलबुताको आन्दोलन संचालन गर्न तथा भविष्यमा आदर्श राजनैतिक दलका रुपमा युगान्तकारी अग्रगामी भूमिका निर्वाह गर्न सक्षम अझ सबल र सशक्त रहने  जनाउनु भयाे ।

जनता समाजवादीका दर्जन बन्दा बढी नेता कर्याकर्ता पार्टी परित्याग गरि राजसंस्था पुर्न इस्थापनको अभियानमा सामेल भएका थिए । भने  काङ्ग्रेस एमाले माओवादी केन्द्र तथा बिवेक शिल साझामा रहेका राजसंस्था  पक्ष साथीहरूसंग कार्यगत एकता हुने नेपाल नागरिक अभियानका काठमाडौं उपत्यका युवा बिभाग प्रमुख मनिष मानवले भन्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here