आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

102

काठमाडौं ।  गोलञ्जोर गाउँपालिका-६ घोक्सिला बस्ने ४२ वर्षीय नर बहादुर दमाईको घरमा बुधबार बिहान आगलागी हुँदा लत्ताकपडा, भाडावर्तन र नगद लगायत विभिन्न सरसामानहरू जलेर करिब ७ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन, भरतपुर महानगरपालिका-६ स्थित राजेन्द्र प्रसाद मल्लको सिरक डसना पुरानो कपडा पेल्ने उद्योगमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा विभिन्न कपडा र मेसिन जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here