आज तराईमा हर्षोलासका साथ मनाइँदै

111

काठमाडौं। आज तराईका जिल्लाहरूमा  होली मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसमा हर्षोलासका साथ मनाइँदैछ ।

पहाडी जिल्लामा आइतबार  नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाई रहेका रहेका छन् ।

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ ।

हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्व छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here