काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ नगर्ने निर्णय गरेको छ ।
विहीबार प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणा, न्यायाधिश तेज बहादुर केसी र प्रकाश कुमार ढुंगनाको संयुक्त इजलासले प्रचण्डको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो ।
यसअघि फागुन २३ गते सर्वोच्च अदालतले केपी र प्रचण्ड नेतृत्वको नेकपालाई बदर गरी ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला सुनाउँदै एमाले र नेकपा माओवादी केन्द्र व्युँत्याइदिएको थियो ।
सोहि फैसलालाई पुनरावलोकन गर्न भन्दै अध्यक्ष प्रचण्डसहितका नेता सर्वोच्चमा पुगेर मंगलबार निबेदन दिएका थिए ।


















