कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

79

काठमाडौं– आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने बनाइएको छ।

कांग्रेसले आगामी भदौ ७ गते १४औं महाधिवेशनको मिति तोके पनि हालसम्म जिल्लाको विवरण अध्यावधिक गर्ने कामसमेत भएको छैन।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ।

आजको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here