आजदेखि कोरोनाविरुद्धको खोप लगाइदै

69

काठमाडौं – चीन सरकारले सहयोग गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘भेरोसेल’ आजदेखि लगाइने भएको छ । सरकारले यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लामा लगाउने तयारी भइरहेकाे छ ।

साे खोप यसअघि प्रथामिकतामा परेर लगाउन नपाएका, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई लगाइने जनाएका छन् ।

खोप काठमाडौं उपत्यकाकामा १४ वटा स्वास्थ्य संस्थामार्फत लगाइनेछ । खोप वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी,  परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र , नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायत अस्पतालमा लगाउने व्यवस्था गरिएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोनाविरुद्धको खोप चैत १६ गते नेपाल आइपुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here