खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषद्वारा सम्मानित गरिने

69

काठमाडौं  ।  खगेन्द्र संग्रौलाले ४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’ पाउने भएका छन्। संग्रौलालाई ‘पहिचान पुरस्कार कोष’ले सम्मानित गर्न लागेको हो।  कोषका अनुसार लेखक संग्रौलालाई आगामी बैसाख ४ गते नगद र ताम्रपत्रसहित ‘पहिचान सम्मान’ प्रदान गरिनेछ।

संग्रौलालाई लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले सम्मान गर्न लागिएको कोषले जानकारी दिएको छ।  ‘पहिचान पुरस्कार कोष’ले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्छ।

साहित्य र पहिचानको क्षेत्रमाक्रियाशील लेखक तथा व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित याे संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँचौं वर्ष सम्मान प्रदान गर्छ। उनले यसअघि चारवटा पुस्तकका लेखकहरूलाई पुरस्कृत गरिसकेकाे छ। लेखक संग्राैलालाई भने सम्मान अर्पण गर्न लागिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here