इस्लाम धर्मावलम्बीहरूको रमजान सुरु

491

काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान सुरु भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको जनाइएकाे छ।

मुस्लिम समुदायले यो पर्वमा एक महिनाभर बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डरअनुसार बिहान सवा ४ बजेदेखि बेलुकी ६ बजे २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।

रोजा बस्नेले बिहान तोकिएको समय अगावै र बेलुकी तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान हिजरी सम्बतको नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भन्ने मान्यता छ। यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ। दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु‚ जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। मुस्लिम धर्मगुरूहरुका अनुसार व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here