नयाँ बर्षकाे अवसर पारेर एकैसाथ पाँच पुस्तक विमोचन

248

काठमाडौं । नेपाली सहित्य समाज र साहित्य संवद्र्धन केन्द्रले १३ पुरस्कार र पाँच पुस्तक एक कार्यक्रमका बीच सार्वजनिक भएकाे छ ।

बुधबार राजधानीमा आयोजित विशेष समारोहमा. साहित्य संवद्र्धन अभिनन्दन-२०७८ बाट गोपीकृष्ण शर्मालाई सम्मान गरियो। ५० हजार रुपैयाँको वसन्त-राधापद्यकाव्य पुरस्कारबाट डा. राप्रसाद ज्ञवालीलाई सम्मान गरिएको छ। २५ हजार रुपैयाँको हेमकुमारी-दिवाकर समाज सेवा सम्मानबाट नेपाल शिक्षा परिषद्लाई सम्मान गरिएको छ।

१५ हजार रुपैयाँको साहित्य संवद्र्धन द्रष्टा सम्मानबाट कृष्णहरि बराल, ५५ हजार रुपैयाँको हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार नगेन्द्रराज शर्मा, ३५ हजार रुपैयाँको विश्वज्योति सेवा सम्मान रोचक घिमिरे, २१ हजार रुपैयाँको शारदा सिर्जना पुरस्कार रमा शर्मा, १५ हजार रुपैयाँको राधिका-पदम-दुर्गा पुरस्कारबाट नारायणप्रसाद उपाध्याय, १५ हजार रुपैयाँकै जम्बकुमारी टीकावल्लभ साहित्य सम्मानबाट उत्तमकृष्ण मजगैयाँ, १२ हजार रुपैयाँको गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मानबाट डिल्लीराज अर्याल, १२ हजार रुपैयाँको निर्मला-प्रेम बाल साहित्य सम्मानबाट रञ्जुश्री पराजुली, ११ हजार रुपैयाँको पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मानबाट विद्यानाथ उपाध्याय, ११ हजार रुपैयाँकै नन्द-टुल्की-आनन्द साहित्य सम्मानबाट नारायण तिवारी र १५ रुपैयाँको आमोइ पद्याख्यान पुरस्कारबाट होम सुवेदी पुरस्कृत भएका छन्। यी पुरस्कारहरु हरेक वर्ष वैशाख १ गतेलाई साहित्य दिवस मानी सोही दिवसका अवसरमा संक्षिप्त कार्यक्रम आयोजना गरी अर्पण गरिएको हो।

कार्यक्रममा लक्ष्मी मास्केको मेरा श्रद्धेय पुर्खाहरू र देवघाटधामको महत्त्व, राजेशमान केसीको उत्प्रेरणा र जिन्दगीको यात्रा, सरस्वती गिरीको आत्मकथन नामक पाँच कृतिको विमोचन भएको छ। प्रदीप नेपालको प्रमुख आतिथ्यमा गोल्डेन लाइट पार्टी प्यालेस चाबहिलमा भएको कार्यक्रमको सभापति प्राध्यापक राजेन्द्र सुवेदी थिए। सुवेदीले नेपाली साहित्यको विकासमा साहित्य संबद्र्धन केन्द्र समर्पित भएको बताए।

कार्यक्रममा स्वागत मन्तव्यसहित पुरस्कारका बारेमा संस्थाका महासचिव विनयकुमार शर्मा नेपालले मन्तव्य राखेका थिए। सम्मानित स्रष्टाकाबारे रमेश शुभेच्छुले बोल्दै हरेक पुरस्कारका लागि योग्य प्रतिभाको छनोट गरिएको जनाएका छन् । कार्यक्रममा लोकार्पित पुस्तककाबारे डा. लेखप्रसाद निरौलाले समीक्षात्मक मन्तव्य राखेका थिए। कार्यक्रम कोभिडका कारण संक्षिप्त र थोरै सहभागीबिच सम्पन्न गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here