हानिकारक छ अबेरसम्म मोबाइल चलाएमा

148
young beautiful womanl in bed using mobile phone late at night at dark bedroom lying happy and relaxed enjoying social media network at her phone in communication internet addiction concept
काठमाडौं । विशेष गरी  दिनभर काम गर्दा गरेपछि  तपाईंको आँखालाई आराम पुगिरहेको हुँदैन । तसर्थ यस्ताे अवस्थामा  यदि तपाईं राति सुत्नुअघि पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसबाट तापाईंका आँखा सुख्खा हुने गर्दछ ।

यसबाट सुन्निने समस्या देखिन थाल्छ । जबदेखि इन्टरनेट डेटा तथा स्मार्टफोन आम मानिसहरुको पहुँचमा आयो, तबदेखि यसको प्रयोग निकै बढ्न थालेको छ ।  मानिसहरु आफ्नो धेरै समय स्मार्टफोनमै बिताइरहेका हुन्छन् ।

चाहे त्यो कामकै लागि होस् वा समय व्यतित गर्नकै लागि किन नहोस् ।  तर आवश्यकता भन्दा धेरै स्मार्टफोन प्रयोग गर्नु तपाईंको स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ ।

सामान्यतया प्रयोगकर्ताहरुले आफ्नो डिस्प्लेको ब्राइटनेस (चम्किलो पना) एकदमै फुल बनार राखिरहेका हुन्छन् ।  सुत्नुअघि स्मार्टफोन प्रयोग गर्छन, जसका कारण अनेक प्रकारका नोक्सानीहरु व्यहोर्नुपर्ने हुनसक्छ । आज हामी तपाईंलाई यस किसिमको व्यवहारले सिर्जना हुनसक्ने जोखिमहरुको बारेमा बताउने छौं ।

स्मार्टफोनको ब्राइटनेस तथा लगातार फोन प्रयोग गर्दा हाम्रो आँखामा नराम्रो असर परिरहेको हुन्छ । फोनबाट निस्किने प्रकाशले सोझै आँखाको रेटिनामा असर पुर्‍याउँछ ।  जसका कारण आँखा चाँडै खराब हुने सम्भावना हुन्छ । यतिमात्र होइन, विस्तारै हेर्ने क्षमतामा समेत ह्रास आउन थाल्दछ र टाउको दुख्ने समस्या बढ्ने गर्दछ ।

त्यसै त दिनभरको काम गराईले आँखालाई आराम मिलिरहेको हुँदैन । त्यसमाथि रातमा सुत्नुअघि समेत स्मार्टफोन प्रयोग गर्नुले आँखा सुख्खा हुने र सुन्निने मात्र नभई चिलाउने समस्या पनि देखिने गर्दछ ।  साथै आँखाको अश्रु ग्रन्थीमा नकारात्मक असर पुग्न जान्छ । लगातार स्मार्टफोन प्रयोग गर्दा आँखाबाट पानी निस्किन थाल्दछ । मोबाइलबाट निस्किने किरण आँखाका लागि हानिकारक हुने गर्दछन् । लगातार स्मार्टफोन प्रयोग गर्दा आँखा झिम्काउने प्रक्रिया पनि सुस्त हुँदै जान्छ । जसका कारण आँखाको नशा खुम्चिन थाल्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here