MCC को खारेजीसँग सम्बन्धित केही गम्भीर विषयबारे ! -नारायण शर्मा

138
नेपालमा अहिले जनस्तरबाट समेत बहु चर्चा, तीव्र विवाद र व्यापक विरोध भैरहेको विषय अमेरिकी सरकारी कम्पनी मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC ) सँगको नेपाल सरकारले गरेको सम्झौतालाई नेपालको संसदबाट हठात् र बलात् पारित गर्ने-गराउने राष्ट्रिय र अन्तर्राष्ट्रिय हर्कत र हस्तक्षेपहरु निर्णायक रुपमै भैरहेका छन् ! यो विषय नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान अनि शान्ती, मैत्री र समृद्धिजस्ता राष्ट्रिय हितसँग सम्बन्धित अहं महत्वका विषयहरुसँग जोडिएको छ । त्यसैले यो धेरै नै गम्भीर विषय भएकोले यो र यससंग सम्बन्धित विभिन्न विषयहरुबारे गम्भीर ढङ्गले नै प्रस्तुत हुनुपर्ने र अविलम्ब खारेज नै गर्नु-गराउनु पर्ने परम आवस्यकता पैदा भएको छ ! यसर्थ MCC को खारेजीको लागि यससँग सम्बन्धित निम्न कामकुराहरु गर्नै पर्ने देखिन्छ :

१. नेपालका आजका राजनीतिक दलका बृद्ध र शीर्ष नेतृत्वहरुको विकल्प खोजिनु पर्छ र वैकल्पिक नयाँ युवा नेताहरुको पनि दिल-दिमाग, मन-मस्तिष्क र विचार-आचारमा रहेका थोरै-धेरै दास-दलालजन्य चिन्तन र चरित्र बदलेर नयाँ, सिर्जनशील, उन्नत, क्रान्तिकारी र देस र जनताको हक-हितप्रती जिम्मेवार र बफादार बन्ने विचार, भावना र व्यवहारद्वारा पुन:संस्कार गरिनुपर्छ । २. विद्यमान राजनीतिक पार्टीहरुको विघटन, ध्रुवीकरण, पुनर्गठन र एकीकरण हुनुपर्छ र पार्टीभित्र व्यापकरुपले वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक शुद्धीकरण गरिनुपर्छ ।

४. वर्तमान सरकारको विकल्पमा सच्चा देसभक्त, वामपन्थी, कम्युनिस्ट, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको संयुक्त अन्तरिम सरकार गठन हुनुपर्छ । यो अन्तरिम सरकार वा पछिका स्थायी सरकारमा रहेका मन्त्री र सरकारी नियुक्ति लिने उच्चपदस्थ अधिकारीहरु जोकोहीले पनि राष्ट्रहितका राज्यका नीति-नियम र विधि-विधानभन्दा बाहिर गएर अनियमित, अवान्छित र अनैतिक कामकुरा गरे-गराएमा तिनलाई पनि भविष्यमा अयोग्य हुने गरी तत्काल सख्त कार्वाही गरिनुपर्छ ।

३. वर्तमान प्रतिनिधिसभाको विकल्पमा संसदभित्र र बाहिर रहेका दलहरु समेतको सर्वदलीय/सर्वपक्षीय सर्वोच्च र सर्वशक्तिमान अन्तरिम जनप्रतिनिधिसभा गठन हुनुपर्छ । यो अन्तरिम सभा र यस्तै स्थायी जनप्रतिनिधिलसभाका सदस्यहरुमध्ये जोकोहीले पनि राष्ट्रहित, जनहित र परिवर्तनहित विरोधी कामकुरा गरेमा तिन्लाई तत्काल पजनी/प्रत्याह्वान गर्नु पर्छ ! ५. वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादका कतिपय विशेषता समेटिएको नेपाली मौलिकता र विशेषतामा आधारित तत्कालीन अन्तरिम नयाँ व्यवस्था र बैज्ञानिक समाजवाद उन्मुख मध्यकाकालीन नयाँ व्यवस्थाको मोडेल तयार गरी लागू गरिनुपर्छ ! यी व्यवस्थाहरु नयाँ व्यवस्था र नयाँ प्रयोग हुनाले यिनमा देखिन सक्ने जटिलता, समस्या र चुनौतीलाई सामना र समाधान गर्न नेतृत्व तयार रहनुपर्छ र अविलम्ब संशोधन र सम्बोधन गरी उक्त व्यवस्थामा परिमार्जन पनि गर्नुपर्छ ।

८. एउटा विधेयक खारेज गर्न यत्रो विधी झमेला किन भन्ने प्रश्नको जवाफ साम्राज्यवादको भूमन्डलीकरण, वित्तीय पुँजीको अन्तर्राष्ट्रियकरण, दलाल र विचौलियाहरुको विश्वव्यापीकरण, बुद्धिजीवीहरुको एन्जीओकरण र बिज्ञान-प्रविधी र सूचना-सन्चारमा साम्राज्यवादी एकाधिकारीकरण आदि हुनुका अतिरिक्त नेपालको भूराजनीतिक अवस्थामा खोज्नुपर्छ । साथै यहाँका देसभक्त, प्रगतिशील, क्रान्तिकारी र जनविश्वासप्राप्त व्यक्ती, शक्ति, संघसंस्था र संगठनका साथै विधि, विधान र व्यवस्थाको औपनिवेशीकरण, दलालीकरण र क्षयीकरण भैरहेको विडम्बनापूर्ण अवस्थाका सन्दर्भमा माथिको प्रशको जवाफ खोज्दा मात्र सही उत्तर मिल्ने गर्छ !

६. तत्पश्चात सदन, सरकार र व्यवस्था अर्थात् सिङ्गो राज्यसत्ता र त्यसका विभिन्न अङ्ग-प्रत्यङ्ग, नीति-नियम, विधि-विधान र तह-निकायहरुको क्रान्तिकारी रुपान्तरण गर्दै तिनलाई सुसंगठित, सुसंचालित, सुदृढ र सुव्यवस्थित बनाएर सामाजिक न्याय, आर्थिक समानता, राजकीय सुशासन र सामुदायिक सुव्यवस्था सुनिश्चित गर्नुपर्छ । ७. घरेलु प्रतिक्रियावादी, दलाल, नोकरशाह, भ्रस्टाचारी आदिको वैदेसिक प्रतिक्रियावादी साम्राज्यवादी-विस्तारवादीहरुसँगको खुला, घोषित र अनियन्त्रित रुपका राजनीतिक, आर्थिक, व्यापारिक, सामाजिक, सांस्कृतिक, धार्मिक र खुफिया आदि विभिन्न सम्बन्धहरुमा आवश्यकतानुसार तत्काल कटौती, रोक वा नियन्त्रण गरिनुपर्छ !

११. आजको साम्राज्यवादको चिन्तन र चरित्र वा भनौं हैकम र हस्तक्षेपका कारण उक्त १० वटै बुँदाअनुसार गर्नु-गराउनु हाम्रो रहर नभएर बाध्यता भएको कुरा राज्य, पार्टी र समाजका अगुवा र आम जनतासम्मले गहिरोसंग बुझ्नु-बुझाउनु पर्दछ र आआफ्नो क्षमता र जिम्मेवारी अनुसार भूमिका र दायित्व पूरा गर्नुपर्दछ ।

९. माथिका ६ नं. सम्मका बुँदाहरुमा उल्लिखित विभिन्न विषयहरुबीचको आपसी अन्तरसम्बन्ध र तिनको ७ र ८ नं. बुँदाका विषयहरुसँगको अन्तरसाँठगाँठ र अन्तरविरोध अर्थात देसको आन्तरिक मामला र त्यसमा बाह्य चासो र स्वार्थका कारण सामान्यतया कुनैपनी मुलुकमा र विशेषत: नेपालजस्ता गरिब तथा पिछडिएका अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक मुलुकहरुमा भैरहेको माइक्रो म्यानेजमेन्टसम्मको साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपको सन्दर्भमा “स्यालको सिकार गर्न जाँदा बाघको सिकार गर्ने तयारी गर्नुपर्छ” भन्ने नीतिलाई मध्यनजर गर्दै अनिवार्य रुपले यसो गर्नु नै पर्दछ । १०. माथि उल्लिखित ९ वटा बुँदाभित्रका व्यक्ती, शक्ति र संस्थाहरु एवं तिनका गतिविधिहरुलाई यथोचित निगरानी, नियमन, निर्देशन, नियन्त्रण र निषेध गर्नको लागि जनस्तरबाट सुझाव-दवावमूलक विश्वसनीय र शक्तिशाली स्थायी संयन्त्रको राष्ट्रिय-अन्तर्राष्ट्रिय संजाल तयार गरी आवश्यकतानुसार निर्णायक खबर्दारी गरिनै रहनुपर्दछ ।

१२. यसो भयो भने मात्र MCC खारेज गर्ने लगायत अन्य सबै राष्ट्रघाती, जनविरोधी र क्रान्ती-शान्ती विपरीतका विधेयक, विधायक, विधि, विधान, व्यवस्था र विचारकै समेत गर्न सकिने अवस्था हुन्छ । यो अवस्थामा मात्र अन्य देसघाती सन्धिसम्झौता गर्दै नगर्ने स्थिती बन्दछ ! अनि त्यसो नगरेमा देसी-विदेसी प्रतिक्रान्तिकारी-प्रतिक्रियावादीहरुद्वारा थोपरिन सक्ने सम्भावित विपत्तिहरुको डटेर सामना गर्नुपर्दछ र गर्न सकिन्छ पनि । यसरी मात्र घरेलु प्रतिक्रियावाद र वैदेशिक साम्राज्यवाद-विस्तारवादलाई एक्ल्याउने, कमजोर पार्ने, धपाउने र धुलो चटाउने गरी राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता र एकतालाई रक्षा र सुदृढ गर्दै अन्तर्राष्ट्रिय एकता र मित्रतालाई विकास, विस्तार, व्यवस्थित, सुदृढ र सबल गर्न सकिन्छ र समाजवाद-साम्यवादको दिशामा अघि बढ्न समेत सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here