स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गर्न डेभलपमेन्ट बैंकर्सको आग्रह

181

काठमाडौं/विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन पूर्ण पालना गरी सेवा प्रवाह गर्न आफ्ना सदस्य बैंकहरूलाई आग्रह गरेको छ।

एसोसिएसनले डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्न तथा ग्राहकहरूलाई समेत त्यसमा प्रेरित गर्न अनुरोध गरेको छ। ग्राहकहरूलाई पनि सकेसम्म डिजिटल बैंकिङमा जोडिएर त्यसबाटै सेवा लिन अपिल गरेको छ।

एसोसिएसनले यस विषम् परिस्थितिले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्न चुनौती थपेको उल्लेख गर्दै निषेधात्मक आदेशको अनुपालना गर्दै र आवश्यक सजगता अपनाउँदै सेवा प्रदान गर्नका लागि आफूसँग सम्बद्ध सदस्य बैंकहरू प्रयासरत रहेकोसमेत उल्लेख गरेको छ।

निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरूबीच समन्वयताका लागि आदानप्रदान गर्न एसोसिएसनले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here