सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वास समस्या बढी देखियाे

48

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा रक्षा पाण्डेले सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताएकी छन् । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य व्यायामले धेरैलाई श्वासप्रश्वासमा सहज बनाउन सक्छ”, उनको भनाइ छ ।

डा पाण्डेका अनुसार घोप्टो परेर सुत्दा श्वासप्रश्वाससम्बन्धी बिरामीलाई केही फाइदा पुग्छ । “यो पुरानो विधि हो । यसो गर्दा फोक्सोमा धेरै परिमाणमा अक्सिजन पुग्छ”, उनको धारणा छ ।अस्पतालमा समेत यस्तो विधि प्रयोग गरिएको डा पाण्डेको भनाइ छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here