रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला

70

काठमाडौं । कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला भएको छ । औषधि व्यवस्था विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो ।रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीका अनुसार यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ ।

नेपालमा यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै बायोएन्टेकले उत्पादन गरेको को–भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिइसकेको छ ।-दृष्टिबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here