विश्वभर २४ घण्टामा कोरोना संक्रमणबाट १३,५७९ जनाको मृत्यु

115

काठमाडौं  ।  विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ५७९ जनाको मृत्यु भएको हो ।

हालसम्म विश्वभर १५ करोड ६६ लाख ६७ हजार ९६६ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ४० लाख २३ हजार ५७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५२९ जनाको ज्यान गएको छ । ७२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ३ लाख ६८ हजार ५८० जनामा संक्रमण भइसकेको छ । त्यस्तै, २ लाख ९२ हजार ४९० भन्दा बढी निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here