एनएसएलमा ललितपुरले बुटवल लुम्बिनिको सामना गर्दै

60

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको एलिमिनेटरमा ललितपुर सिटी एफसीले बुटवल लम्बिनि एफसीको सामना गर्दैछ । एलिमिनेटरमा जित हात पार्ने टोलिले दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।

दोस्रो क्वालिफायरको विजेता टोलिले फाइनलमा धनगढीसँगको भेट सुनिश्चित गर्नेछ । धनगढी एफसीले पहिलो प्ले अफमा काठमाडौंलाई हराएर फाइनलको यात्रा सुनिश्चित गरिसकेको छ । पहिलो प्ले अफमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको दुई टोलिले स्पर्धा गरेको थियो । हार बेहोर्ने टोलिले अर्को अबसर समेत पाउने भएकोले काठमाडौं रेजर्सले आजको विजेता टोलिसँग बिहीबार फाइनलमा स्थान सुनिश्चित गर्न स्पर्धा गर्नेछ ।

बुटवल लुम्बिनि एफसी र ललितपुरबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेपछि खेलाइनेछ । यसअघि लिग चरणमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनि एफसीमाथि १–० को जित हात पारेको थियो । उक्त जितले उच्च आत्मबलसहित ललितपुरले बुटवलको सामना गर्नेछ । बुटवलले भने लिग चरणमा बेहोरेको हारलाई बिर्सदै ललितपुरलाई हराएर दोस्रो क्वालिफायरमा पुग्ने सोचका साथ मैदानमा उत्रिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here