माैन छ अझै पनि !

220

माैन छ अझै पनि
कतै हराए कतै छुटे माैन छ अझै पनि ।
गुहार माग्न कति जुटे माैन छ अझ पनि ।
सरकार कुर्सी जाेगाउनमा तल्लिन देखियाे ,
अक्सिजन बिना सास टुटे माैन छ अझ पनि ।
बिपत्तिमा काम नलाग्ने रहेछ मेराे देशकाे सरकार,
माैका पाउँदा लुट्नु लुटे माैन छ अझ पनि ।
अाँउदै छ भन्छ सरकार अक्सिजन र अाैषधी ,
हाम्रा अाँखा कता फुटे माैन छ अझै पनि ।
मसानघाटमा लास जलाउन भ्याइनभ्याई छ ,
उता सरकार कता उठे माैन छ अझै पनि ।
“मनाेज छितिज बाेहरा
ज.न.पा :७ बझाङ्ग
कामपा ७ चाबहिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here