मुस्ताङमा आज देखि निषेधाज्ञा

99

म्याग्दी ।  हिमालपराीको जिल्ला मुस्ताङमा आज (बिहिबार) देखि लागु हुनेगरी निषेधाज्ञा जारी भएको छ।

जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि बिहिबार रातिदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निषेधाज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए।

मुस्ताङमा समेत कोरोना माहामारीको भयावह अवस्था भएकाले यसको रोकथाम तथा न्यूनिकरण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइरहेको छ। उनका अनुसार निषेधाज्ञा अवधिभर संक्रमण जोखिम रहेको तीन स्थानीय तहमा अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प हुने छन्।

मुस्ताङ भित्रिने जोकोही व्यक्तिले अनिवार्य क्वारेन्टाईन बस्ने प्रतिबद्धता र सुनिश्चिता भएको अवस्था मात्र मुस्ताङ प्रवेशको अनुमती दिने प्रशासनले जनाएको छ। मुक्तिनाथ मन्दिर जेठ १५ गतेसम्म लागि बन्द गर्ने सीसीएमसीले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। मुस्ताङमा बुधबारसम्ममा ७६ जना सङ्क्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here