आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

201

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा नगरसमितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न शनिवार भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ ले हाम्रो देशको रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउँन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै ईन्द्र बिनायक कल्ब, संयुक्त युवा कल्ब, कृष्ण पाती व्यवस्थापन समिति र core city collectives को सहयोग मा उक्त आकस्मिक रक्तदान कार्यक्रम गरेकाेे थियाे ।

रक्तदान कार्यक्रम समारोहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य , कामपा १९ का समाजसेवीहरुको उपस्थिति रहेको थियो।

हालको विषमपरिस्थितिलाई मध्यनजर गर्दै पीडितलाई राहत स्वरूप रक्तदान गराउँन गरिएको आव्हानलाई हामीले मात्र होईन आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ संस्थाहरूको प्रमुख दायित्व नै हो भन्दा फरक नपर्ला आयोजक काठमाडौ महानगरपालिका-१९ नगरसमितिका अध्यक्ष बिनोद खड्गीले  जानकारी दिए ।

आाकस्मिक सञ्चालित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले स्वयंसेवी तवरले रक्तदान गरेको कार्यक्रमको संयोजन एवं सञ्चालन नगरसमितिका सचिव जेन शाहीले जानकारी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here