जापानमा काेराेना संक्रमण नियन्त्रण गर्न आपतकाल थप विस्तार

166

काठमाडौं । जापान सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको आपतकाल थप विस्तार गरेको छ। संक्रमितको संख्या बढेर स्वास्थ्य उपचार प्रणाली दबाबमा आएपछि होक्काइदो, ओकायामा र हिरोशिमामा आइतवारदेखि आपतकाल शुरु भएको हो। पछिल्ला दिनहरुमा यी तीन स्थानमा दैनिक संक्रमितको संख्या उच्च दरमा बढिरहेको छ।

यसअघि केन्द्र सरकारले अप्रिल २५ मा १७ दिनको लागि टोकियोसहित केही स्थानमा आपतकाल लगाएको थियो। सो अवधिमा संक्रमितको संख्या खासै नघटेपछि आपतकालको म्याद थपेर यस महिनाको अन्त्यसम्म पुर्‍याइएको हो।

आपतकालअन्तर्गत स्थानीय बासिन्दाहरुलाई अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान अनुरोध गरिएको छ। साथै, रेष्टुराँ र बारलगायत व्यवसाय सञ्चालन अवधि कम गर्न भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here