नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री ओलीलाई खुला पत्र

380

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र पठाएको छ। कोभिड संक्रमित शिक्षकको उपचार नि:शुल्क हुनुपर्नेलगायत माग राखेर महासंघले ओलीलाई बुधबार खुला पत्र सार्वजनिक गरेको हो।

खुला पत्रमा शिक्षक सेवा आयोगका पदाधिकारी अविलम्ब नियुक्ति गरी शिक्षकको बढुवा र स्थायित्वको काम सुचारु गर्न माग गरिएको छ। द्वन्द्वपीडित शिक्षक कर्मचारी व्यवस्थापन तथा जाँचबुझ समितिलगायत विभिन्न आयोग तथा कार्यदलका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न पनि माग गरेको छ।

त्यस्तै,कोरोना संक्रमणबाट ज्यान गुमाएका शिक्षक तथा कर्मचारी परिवारका लागि सुविधा तथा क्षतिपूर्ति दिनुपर्ने माग पनि पत्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here