काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई कलंक भन्दै नारायणकाजीद्वारा निर्वाचन अस्विकार गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मध्यरातमा षड्यन्त्रमुलक ढंगले प्रतिनिधिसभाको विघटनको घोषणा गरेर कलंकीत हुने काम राष्ट्रपतिबाट भएको जनाउँदै घोषित समयमा निर्वाचन हुने र लोकतन्त्रलाई सुदृढ बनाउने गरी त्यसको अङ्गको रुपमा स्वच्छ निर्वाचनको अपेक्षा गर्न सकिने स्थिति नरहेकाे जनाएका हुन् ।
‘प्रधानमन्त्रीको शुद्ध अन्ध सहयोगी भूमिकामा सिमित राष्ट्रपतिको कार्य नेपालको गणतान्त्रिक ईतिहाँसमै राष्ट्रपति पदको जिम्मेवारी र गरिमालाई लज्जास्पद ढङ्गले बिसर्जित गर्ने कलंकका रुपमा अङ्कित हुनेछ’ नेता काजीले भनेका छन् ।
उनले संविधानको धारा ७६ (५) को सरकार गठनको स्पष्ट आधार हुँदहुँदै त्यसलाई लत्याएर प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर हिजो मध्यरातमा षडयन्त्रमुलक ढङ्गले गरेको प्रतिनिधिसभा बिघटनको घोषणा जति निन्दा एवं भर्त्सना गरेपनि कम हुने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश एवं राष्ट्रघाती कदम भएको समेत जनाएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिकेन्द्रको आडमा सत्तास्वार्थमा केन्द्रीत भएको आरोपसमेत लगाएका छन् ।
‘बिदेशी शक्तिकेन्द्रहरुको हस्तक्षेपकारी योजनामा प्र म के पी ओलीको राष्ट्रिय स्वाधीनतालाई सौदाबाजीको बिषय बनाउने तुच्छ पदीय सत्तास्वार्थ केन्दृत राष्ट्रिय आत्मसमर्पणवाद एवं दलालीको परिणाम हो भन्ने तथ्य छर्लङ्गै छ।’ नेता काजीको धारणा रहेको छ ।
नारायणकाजीले आफ्नो स्टाटसमा लेखेका छन् :’ संविधानको धारा ७६ (५) को सरकार गठनको स्पष्ट आधार हुँदहुँदै त्यसलाई लत्याएर प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर हिजो मध्यरातमा षडयन्त्रमुलक ढङ्गले गरेको प्रतिनिधिसभा बिघटनको घोषणा जति निन्दा एवं भर्त्सना गरेपनि कम हुने असंवैधानिक,अलोकतान्त्रिक,प्रतिगामी,निरङ्कुश एवं राष्ट्रघाती कदम हो ।यो मुलत: बिदेशी शक्तिकेन्द्रहरुको हस्तक्षेपकारी योजनामा प्र म के पी ओलीको राष्ट्रिय स्वाधीनता लाई सौदाबाजीको बिषय बनाउने तुच्छ पदीय सत्तास्वार्थ केन्दृत राष्ट्रिय आत्मसमर्पणवाद एवं दलालीको परिणाम हो भन्ने तथ्य छर्लङ्गै छ। प्रधानमन्त्रीको शुध्द अन्ध सहयोगी भुमिकामा सिमित राष्ट्रपतिको कार्य नेपालको गणतान्त्रिक ईतिहाँसमै राष्ट्रपति पदको जिम्मेवारी र गरिमा लाई लज्जास्पद ढङ्गले बिसर्जित गर्ने कलँकका रुपमा अङ्कित हुनेछ ।

















