विश्वभर एकैदिन सात लाख भन्दा बढीले काेराेना जिते

167

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८८७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ९३ हजार ४२७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ ।

हालसम्म विश्वभर १६ करोड ६४ लाख  ३७ हजार ३६४ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ७२ लाख ४७ हजार ४३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् ।

शनिवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ५६ हजार ९९९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार २४ जनाको ज्यान गएको छ । १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ९७ हजार ५२ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ७४ हजार ८३६ जना संक्रमित निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here