विपन्न परिवारलाई खाद्यान्न वितरण

222

कोभ्रेपलाञ्चोक ।  कांग्रेसका युवा नेता दावा लामाले भुम्लुगाउँपालिकाका बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई कोभिड १९ महामारीले निम्त्याएको संकटको बेलामा खाद्यान्न वितरण गरेका छन् ।

आईतवार नेपाल तरुण दल काभ्रेका सभापती समेत रहेका लामाले गाउँपालिकाका बेखसिम्ले ३ र सिम्थली २ का अति विपन्न तीन सय ५० परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो । यस्तै, उनले खाद्यान्न मात्र नभएर कोरोना भाईरस नियन्त्रणमा केही सहज होस् भन्ने भावनाले माक्स, सेनिटाइजर लगायत आवश्यक औषधी पनि वितरण गरेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा पनि फैलिएकाले मुलुकमा गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न सरहरमा निषेधाज्ञा भएपछि सहरमा आएर केही कमाएर गाउँमा गुजारा चलाउनेहरुलाई अहिले एकदम संकट परेको छ । निषेधाज्ञाले गर्दा घरमा चामल सकिएर बिहान बेलुकाको छाक टार्न समस्या भइरहेका बेला समाजसेवी लामाले खाद्यान्न वितरण गर्दा गाउँलेहरुमा खुसी छाएको उनले जनाए छ । मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि उनले राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने जनाए ।

उक्त कार्यका लागि भुम्लु १० का तिर्थ लामा ५० हजार, भुम्लु ५ सल्लेका पन्चमान लामा १० हजार, भुम्लु २ का जिबन खड्का १० हजार, भुम्लु ४ का सुजन लामा १० हजार, भुम्लु ८ का सुनिल लामा १० हजार र भुम्लु १० का सदिक्षा लामा ले ५ हजार सहयोग गरेको उल्लेख गदैं समाजसेवी लामाले सहयोगी हातहरुप्रति विशेष धन्यवादका साथै उपस्थित भैइ सहयोग गरेका सम्पूर्णम विशेष आभार व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here