एमालेका १२ जना नेतालाई लिखित स्पष्टीकरणपत्र

212

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १२ जना नेतालाई आज लिखित स्पष्टीकरणपत्र पठाइएको छ । गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

गत सोमबारको बैठकले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यता नरहनेगरी निष्काशन गरेको थियो । १२ जनाको स्पष्टीकरणपत्रको व्यहोरा हेरेर कुन प्रकृतिको कारवाही गर्नेबारे टुङ्गो लाग्ने नेता तामाङले जनाउनुभयो ।

एमाले स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टीकरणपत्र पठाएको हाे ।

पार्टी कार्यालय सचिव तामाङकाअनुसार २४ घण्टाको समयावधि तोकेर स्पष्टीकरणपत्र पठाइएको छ । सो अवधिमा उहाँहरुको स्पष्टीकरणको जवाफ आएमा सोहीअनुसारको कारवाही प्रक्रिया अगाडि बढ्ने वा जवाफ नआएमा पनि त्यही प्रकारको कारवाही प्रक्रिया अगाडि बढ्ने उहाँले जनाउनुभयो । स्थायी कमिटी बैठकले त्यसबारेमा आवश्यक निर्णय गर्ने उहाँले जनाउनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here