कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ जना पुग्याे

68

कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् ।संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुका अनुसार बुधबारसम्ममा ३२ जनाको ज्यान गएको र अरु सयौँ जना अझै हराइरहेका छन् ।

शनिबार ज्वालामुखी विस्फोट भएपछि त्यसमा परेर हराएकाहरुको अब भने जिवीतै उद्धारको आशा नभएको ती सहायताकर्मीहरुले जनाएका छन् ।कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी सोही दिन कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।

उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका हुन् । १७० जना बालबालिका पनि हराएका छन् । उनीहरुको अवस्था अज्ञात रहेको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी कोष, युनिसेफले जानकारी दिएको छ ।

हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका छन् । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका छन् । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here