नेपालमा आज ७ हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

101

काठमाडौं । नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ हजार ४७६ जना सक्रि सङ्क्रमित छन् । पछिल्लो चौबीस घण्टामा सात हजार २२६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख १८ हजार ८२९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर भने बढेको छ । यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७.२ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले छ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल एक हजार नौ जना क्वारेन्टिनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here