प्रम ओलीद्वारा विश्वभर खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० लाई आग्रह

109

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० मुलुकहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको समानुपातिक वितरण नहुँदा नेपालजस्ता विकाशसिल मुलुक यसको मारमा परेको समेत जनाएका छन् ।

‘जी-सेभेन र जी-ट्वान्टी मुलुकहरुले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्न जरुरी छ’ प्रधानमन्त्रीले भने, ‘सबैजना सुरक्षित नभैकन कोही पनि सुरक्षित हुन सक्दैन ।’ नेपालमा अनुदानबाट ३२ लाख २८ हजार डोज र खरिदबाट १० लाख डोजसहितको खोप अभियान अघि बढेको जनाए । पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिने कुरामा ढुक्क हुन समेत प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

महामारीविरुद्ध लडिरहेका र फ्रन्टलाइनमा खटिएकाहरुको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै प्रधानमन्त्रीले चिकित्सकमाथिको आक्रमण दण्डनीय भएको समेत जनाए ।  कोभिड-१९ को कारण ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीले दुःख समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here