सरकार मानविय कर्तव्यमा भन्दा असंबैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य

168

काठमाडौं । अक्सिजनको अभावमा पोखरामा शुक्रबार बिहान सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको भन्दै कांग्रसले सरकार कहाँ छ भन्ने प्रश्न सिर्जना गरेको जनाएको छ ।

अक्सिजन अभावमा घटेको उक्त घटना अत्यन्तै दुःखद र कारुणिक रहेको बताउँदै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न सिर्जना गरेको जनाएको छ ।

‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानविय कर्तव्यमा भन्दा असंबैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ देशभरका सरकारी हुन् या निजी क्षेत्रमा अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावस्यक समन्वय गर्न अनिवार्य दायित्व सरकारको हो । सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाको सरकार जिम्मेवार पनि सरकार हो ।

स्मरण रहोस् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बिहीबार रातिदेखि बिहान ४ बजेसम्म अक्सिजनको अभावका कारण सुत्केरी महिलासहित तनहुँका ३, म्याग्दी, पर्वत र स्याङजाका १/१ जना गरी ६ जनाले ज्यान गुमाएका थिए ।

Image

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here