अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण

58

बर्दिया  । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७, कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले उक्त सामग्री वितरण गरेको हो ।

यसअघि जेठ १३ गते समेत राजापुर नगरपालिका बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरी परिवारका ३० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here