किन भैरहन्छ अर्बपतिका उद्योगमा पटक-पटक आगलागी ?

221

केहीबर्ष पहिले पनि सीजी ईलेक्ट्रोनिक्समा आगजनी भएको घटनामा बिनोद बिबादित बनेका थिए  


काठमाण्डौ/अर्बपति बिनोद चौधरीको नवलपरासीस्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ। आज बुधबार बिहान उद्योग परिसरभित्रको सीजी ब्रुअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको जनाईएको छ ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जनाएका छन्।

आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो। आगो बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जनाए।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको चौधरीको हवाला दिंदै प्रहरी जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ ।

 नौ बर्ष पहिले अर्थात ०६९ असोजमा पनि बिनोदकै स्वामित्वको सिजी ईलेक्ट्रोनिक्समा  यस्तै आगजनी भएको थियो । उक्त आगजनीमा बिनोद चौधरीले क्षति मूल्यांकन धेरै गुणा बढि बनाएर आफ्नै स्वामित्वको बिमा कम्पनीबाट लगभग ६५ करोड भन्दा बढि बिमा दाबी गरी भुक्तानी लिएका थिए ।

यो मुद्धा निकै बिबादित बनेको थियो । झूठ क्षति बिवरण बनाएर बढि बिमा रकम बुझेको ठहर गर्दै पुनराबेदन अदालत पाटनले भुक्तानी लिएको बिमा रकम फिर्ता गराउन फैसला गरेको थियो । पछि चौधरीले आफ्नै स्वामित्वको बिमा कम्पनीबाट आफ्नो सिजी ईलेक्ट्रोनिक्सले बुझेको बिमा रकम स्वाभाबिक भएको दाबी लिएर सर्बोच्च अदालतमा पुनराबेदन गर्न लगाएका थिए ।

 सो मुद्धा गुपचूपमै सर्बोच्चमा किनारा लगाएर अर्बपति बिनोदले लाभ हासिल गरिसके वा के भयो ? जानकारी पाउन सकिएको छैन । यसपटकको नवलपराशी आगलागी प्रकरण पनि बिनोद चौधरीको बढि क्षति देखाएर बिमा दाबी गर्ने नयाँ आधार हुनसक्ने आशंका बिमाक्षेत्रका अनुभवीहरुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here