कोरोना संक्रमितले गरे आत्माहत्या

180

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमित पुरुषले आइसोलेशनको तीन तलाबाट हाम फाल्दा मृत्यु भएको छ ।

जुगल गाउँपालिका र बलेफी गाउँपालिकाद्धारा संयुक्तरुपमा संचालन गरिएको रत्नराज कोभिड १९ आइसोलेशन केन्द्रमा रहेका ५३ वर्षीय पुरुषले आइसोलेशनको तीनतलाबाट हाम फालेका हुन् ।

जेठ १७ गते उपचारका लागि आइसोलेशन केन्द्रमा आइपुगेका बलेफी गाउँपालिका वडा नं ६ का ५३ वर्षीय रत्न बहादुर तामाङले बिहीबार बिहान तीनतलामाथिबाट हाम फालेका थिए ।

‘क्रमिक रुपमा स्वास्थ्यमा सुधार भइरहेको थियो तर आज विहान ११ः१५ बजे निज तामाङले आइसोलेशन भवनको तेस्रो तल्लाको झ्यालबाट हामफाली आत्महत्याको प्रयास गरेको र तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजादै गर्दा निजको बीच बाटोमै मृत्यु भएको छ ।’ आइसोलेशन केन्द्र व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमिल्सिना र जुगल गाउँपालिकाका प्रशासकिय अधिकृत लोकबहादुर बि.कद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here