टोक्यो ओलम्पिक सुरु हुन करिब ५० दिन बाँकी छ । पहिलो पटक स्थगित भएको खेल आगामी जुलाई २३ देखि सुरु हुनेछ । जापान कोरोनाभाइरसको सङ्क्रमित हुनेको सङ्ख्या बृद्धि हुँदा सङ्घर्षरत छ । हाशिमोतोले बीबीसीसँगको कुराकानीमा खेल हुने सम्भावना शतप्रतिशत रहेकोमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । अहिलेको सबाल हामी आफैं कति धेरै सुरक्षित र सुरक्षा प्रदान गरेर अगाडि बढ्नु रहेको उनले जनाए ।


















