सुदूरपश्चिम सरकारले विश्वासको मत पाउने संकेत

76
kf]v/fdf d'VodGqLsf] e]nf u08sL k|b]zsf] /fhwfgL kf]v/fdf laxLaf/ ePsf] d'VodGqLx?sf] k|yd e]nfdf af]Nb} k|b]z–& sf d'VodGqL lqnf]rg e§ . t:jL/ M xl/ af:t]fnf, kf]v/f, /f;;

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउने संकेत देखिएको छ । एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेका कारण माओवादी केन्द्र नेतृत्वको सरकार अब नढल्ने भएको छ ।

एकालेको मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये ७ सांसद खुलेर लागेका छन् ।

ओली पक्षको प्रदेश कमिटीले भने विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर प्रदेश कमिटीको निर्देशनलाई उपेक्षा गर्दै संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले खनाल–माधव पक्षका सांसदकै समर्थनमा विश्वासको मत हासिल गर्न सक्छ । प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here