लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइयाे

88

हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ। वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ।

तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए।

वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उनले जानकारी दिए। उत्तरी नाम्खा गाउँपालिकामा अहिलेसम्म कोही कसैमा कोरोना सङ्क्रमण देखिएको छैन।

यस्तै खार्पुनाथ गाउँपालिका–५ मा रहेको बाम्टागाउँमा निषेधाज्ञा हटाइएको छ। केही दिनअघि बाम्टामा परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो।

उनीहरूको मङ्गलबार पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निषेधाज्ञा हटाइएको बताइएको छ। अब बाम्टामा वडा नं  ५ का स्थानीयवासी आवतजावत गर्न पाउने भएका छन्।-RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here