मुम्बईमा वर्षाका कारण घर भत्किदा ११ जनाको मृत्यु

151

काठमाडौं । भारतको मुम्बईमा बुधबार राति आएको वर्षाका कारण घर भत्किदा ११ जनाको मृत्यु भएको छ ।

मुम्बईको मालवानी क्षेत्रमा रहेको चारतले उक्त घर भत्किदा ११ जनाको मृत्यु हुनुका साथै ७ जना घाईते भएका छन् । घाईतेहरुको बीडीबिए नगर जनरल अहस्पतालमा उपचार भइरहेको छ । उक्त घरमा तीन परिवार रहेका थिए । मृत्यु हुनेमा केही बालबालिका समेत रहेको बताइएको छ ।

मुम्बईमा बुधबार बिहान ८ बजेदेखि दिउँसो साढे २ बजेसम्म १६४.८ मिलिमिटर वर्षा भएको थियो । त्यहाँको मौसम विज्ञान विभागले आजपनि भारी वर्षा हुने भन्दै रेड अर्लट जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here