एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट केभिन ओ’ब्रायनले संन्यास लिए

119

काठमाडौं/आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

शुक्रबार ३७ वर्षीय ओ’ब्रायनले वानडे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्। उनले टेष्ट र टी–२० अन्तर्राष्ट्रिय खेल्ने भने अझै खेल्ने छन्।

उनी आयरल्याण्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमा तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले १ सय ५३ खेलमा २९.४१ को औसत र ८८.७२ को स्ट्राइक रेटले ३ हजार ६ सय १८ रन बनाएका छन्।

आयरल्याण्डका उनी एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट तथा क्याच लिने खेलाडी पनि हुन्। उनले कुल १ सय १४ विकेट लिएका छन् जहाँ ६८ वटा क्याच समातेका छन्।

उनले कीर्तिमानी शतकको मद्दतमा सन् २०११ को एकदिवसीय विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई हराएको थियो।

ब्रायनले सो खेलमा ६३ बलमा १३ चौका र ६ छक्कासहित ११३ रनको पारी खेलेका थिए। जुन अहिले पनि विश्वकप क्रिकेटमा सर्वाधिक छिटो शतक हो। ब्रायनले सो विश्वकपमा इंग्ल्याण्डविरुद्ध ५० बलमै शतक हानेका थिए।

केभिनले आयरल्याण्डबाट १५ वर्ष वान डे क्रिकेट खेले। आगामी १८ महिनामा दुई वटा टी–२० विश्वकप आउँदै गरेका उल्लेख गर्दै उनले अब आफ्नो ध्यान पूर्णतः टी-२० क्रिकेटमा लगाउने जनाएका छन्।

उनले आयरल्याण्डका लागि हालसम्म ९६ टी–२० र ३ टेष्ट खेलेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here