ब्राजिलमा काेराेना संक्रमणबाट मृत्यु हुने पाँच लाख नाघ्याे

71

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिनमा ब्राजिलमा अमेरिकापछि दोस्रो नम्बरमा छ । खोप अभियानको गति सुस्त हुँदा महामारी आउँदा दिनमा थप गम्भीर बन्न सक्ने चेतावनी विज्ञले दिएका छन् ।

राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपायहरु अस्वीकार गर्दै जाँदा ब्राजिलमा संक्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कहरुले पूर्णरुपमा खोप लगाएका छन् ।

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयासका पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसदले अनुसन्धान गरिरहेको छ । ब्राजिलमा कुल संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजार भन्दा बढि पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here