पछिल्लाे २४ घण्टामा एक हजार ५११ कोरोना सङ्क्रमण हुदा ५२ जनाको मृत्यु

112

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे । यस्तै, चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नाै सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । यस्तै, केही दिनदेखि छुटेका मृत्युकाे तथ्यांकसहित अहिलेसम्म भाइरस सङ्क्रमणका कारण ८८९४ जनाको मृत्यु भैसकेको छ ।

तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here