जनकपुर । मिथिला लोकचित्रकलालाई अनवरत संघर्ष गर्दै अभियान स्वरुप विश्व सामु स्थापित गराउन अहम् भुमिका खेलेकी करिब आधा दर्जन महिलालाई एक समारोह वीच सम्मान गरिएको छ ।
मंगलबार जनकपुरधाममा मिथिला लोकचित्रकलाको पहिचान स्वरुप विश्व सामु स्थापित गराउनका लागि गरेको संघर्षसँगै उनीहरुको लामो संघर्ष र लोकचित्रकलाका लागि जिवन अर्पण गरेकी वृद्ध लोकचित्रकारलाई प्रदेश प्रमुख राजेश झा अहिराजले सम्मान गरेको हो ।
मिथिलाका ऐतिहासिक धार्मिक सांस्कृतिक र भौगोलिक परिवेश रीतिरिवाजलाई मिथिला लोकचित्रकारका माध्यमले विश्व सामु नेपाललाई चिनाइराख्ने उनीहरुको कला र संघर्ष प्रति भावुक हुँदै प्रदेश प्रमुख झाले यसको संरक्षण संवर्द्धन र विस्तारका लागि आफु प्रतिवद्ध रहेको जनाए ।
नारी विकास केन्द्रको स्थापनामा सहयोग पुर्याएका सुदर्शन लाल कर्ण सहित सम्मानित कलाकारहरुसंग मिथिला कला साहित्य सम्बन्धमा भलाकुसारी समेत गरेका थिए ।
१९८९ देखि मिथिला लोकचित्रकलालाई संसारकै क्यानभाससम्म पुर्याउनका लागि निकै लोकचित्रकारहरुले स्थापनाकाल देखि नै निकै मिहिनेत गरेकी थिइन् ।


















