निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा

205

सुर्खेत  । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ । शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुखयमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्वन गरेको हो । निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा छन् ।

थापाले भौतिक पूर्वाधार मन्त्रालय, शाहीले भूमि, व्यवस्था, कृषितथा सहकारी मन्त्रालय तथा बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एमालेले आफ्ना तीन जना मन्त्रीहरुलाई हटाउन माग गर्दै असार दुई गतेदेखि निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here