ओली आफ्नाे स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने प्रचण्डकाे टिप्पणी

59

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसँग संगत गरेर तीन वर्षमा आफूले दुखः पाएको जनाएका छन् ।

ओली विचित्र खालको मान्छे भएको र स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने खालको भएको टिप्पणी गरे ।
नागरिक समाज एवं वुद्धिजीविहरूसँग आज संघीय संसद भवनमा विपक्षी गठबन्धनले गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘आवस्यक परे ओलीले माधव नेपालको खुट्टा ढोग्न सक्ने पनि टिप्पणी गरे ।

ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र अर्बौ रुपैया लुट्ने काम भईरहेको प्रचण्डको दाबी छ ।
महामारी नभए लाखौँ मानिस सडकमा उत्रने दाबी गर्दै प्रचण्डले अब संसद पुनस्थापनाले मात्रै राजनीतिक निकास नदिने खुलासा गरे । अझै पनि षड्यन्त्रको गन्ध आउने गरेको उनले जनाए ।

एक प्रसंगमा उनले नयाँ सरकार बनेपछि जनतालाई खोप प्राथमिकतामा राख्ने र ओली सरकारले गरेका अवैधानिक नियुक्ति खारेज गर्ने पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here